Monday, May 25, 2020

आजको शिक्षा "बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड"

           

             आज आएर यत्रतत्र सर्वञ नेपाल अधिराज्य भरि युवा वर्गको जमातमा एउटै साझा सवाल बेरोजगारी । उचित शिक्षा दिक्षाको बावजुद पनि आफ्नै जन्मभुमिलाई कर्मथलो बनाउन नपाई बिदेशिनुको पिडा र आर्जित शिक्षाको कदर नभई अरुको अधिनमा काम गर्नुपर्दा कस्को मन नपिरोलिएला र यसअर्थमा सम्बन्धित सबै व्यक्तिमा एउटै प्रकारको जिवनशैलिको नाम दिनखोजेको पक्कै होईन । तर सोच्नैपर्ने र आफुले मनन गर्नुपर्ने कुरा म यहां धेरै नै देख्दछु । आखिर जिवन कतिन्जेल प्रम्परागत ढंगबाट जिउने त हाम्रो शिक्षा दिक्षामा के कुनैकिसिमको सिर्जनात्मक क्रिया वा प्रभावकारिता छैन हामिमा चेतना छैन के हामि उक्त शिक्षालाई सिर्जनात्मक तरिकाले अप्नाएर अगाडि बढ्न सक्देनौ र ? के हामिले आफ्नो जिवनशैलिलाई दरिलो पार्न बिदेशिनु पर्ने वा मुग्लान नै झर्नुृपर्ने प्रथा अंगाल्न जरुरी छ ? आजको युग टेक्नोलोजी संग सम्बन्धित आधुनिक चिज बस्तुहरुले जगमग भयको समय हो जस्ले हामिलाई पनि केहि सिर्जनात्मक तौरतरिकालाई अप्नाएर अगाडि बढ्न प्रेरित गर्दछ र स्वदेशि भुमिमै रहेर आफ्नै परिवारहरुसंगै हांसिखुसि आफ्नो स्वाभिमानलाई यथावत राख्दै जहिले जुनसुकै समयमा नि परिश्रम गरि जिवन निर्वाह गर्न समयानुकुल वातावरण बनाई दिएको छ । 


हरेक चिजको दुई पाटा हुन्छ । एउटा सकारात्मक एउटा नकारात्मक जस्तोकिः मान्छे जन्मलिन्छ खुशिको कुरा र्दुभाग्य मृत्यु उसंग संगै आएको हुन्छ । तसर्थ हामिले यसरि बुझ्न जरुरी छ कि कुनैपनि विपन्नता संगसंगै अवसर पनि जोडिएर आएको हुन्छ हामिले त्यसलाई चिन्न जरुरी छ र चिनेर त्यस्को सहि सदुपयोग गरी अघाडि बढ्न जरुरी देखिन्छ । किनकि आज आएर बेरोजगारको समस्या हाम्रो देशमा मात्र नभएर प्रायः विश्वभरी नै यस्को समस्या यत्रतत्र मडारिरहेको हुनसकछ । कसैलाई आफ्नो योग्यतानुसारको काम नमिलेको होला त कसैलाई श्रम अनुसारको पारिश्रमिक समस्या व्यक्तिपिच्छे आफ्नै ठाउंमा छ । सन्सारमा अपवाद १।२ प्रतिशत मात्र त्यस्ता व्यक्ति होलान जो आफ्नो श्रम ओहदा र त्यसअनुसारको पारिश्रमिकबाट आत्म सन्तुष्ट भई जिवन यापन गरिरहेका तर यस्ता कतिपय ब्यक्ति होलान जो समय संगै सम्झौता गर्दै आफुमा भएको उकुसमुकुस लाई हृदयमा दबाउदै आफ्नो दैनिकीमा खुशि खुशि सहभागि भै अगाडि बढन बाध्य हुन्छन, र कतिपय त्यस परिस्थिती संगनी हातेमालो गर्न बाट बञचित भैरहेका हुन्छन । ति हातमा गण्य ब्यक्तिहरुझै खुशि र सन्तुष्टि हामिपनि पाउन सक्छौ तर त्यो हामि गर्न चाहदैनौ । किनत अरुले के भन्ला ? पुरानै मनस्थिती बाट बाहिरिन नसक्नु समस्या भनेकै यहि हो । 

भनिन्छनि जिन्दगिका हरेक ढोका बन्द भयपनि भगवानले एउटा न एउटा ढोका खोल्दिराका हुन्छनरे आवश्यकता यतिमात्र हुन्छकि त्यस्लाई आंट गरेर ढकढकाएर अघि बढ्न सक्नुपर्छ नाकि कोई आउला र मेरो लागी ढोका खोलिदेला भनेर पर्खेर समय खेर फाली बस्नु । 

हामिसबैमा एउटा महत्तवकांक्षा हुने गर्दछ विदेशिनु र छोटो यात्रामा अथाह सम्पति आर्जन गरि भाविजीवन सुखमय बनाउनु । त्यसतै सोंचहरु मनमा राखि अघाडि बढ्दा आफ्नै भर दैलोमा भएको काम देख्देनौ र बिदेशि मरुभुमिमा पछारिन पुग्छौ र अर्काको अधिनमा काम गर्न बाध्य हुन्छौ । 

यस्ता कथा ब्यथा समस्याहरुलाई सरसरति नियाल्दा समस्या तयति जटिल होईन तर हामि स्वयंम द्धारा जटिल बनाईयको महसुस गर्दछु । कसरि त भन्दा देरै बोल्दिन सिधा तथ्यमा आउछु । रोजगारको लागी युवा गृहिणि देखि सिर्जनशिल ब्यक्तित्वका धनि ब्यिक्तिहरुका लागि आजको जल्दो बल्दो क्षेत्र वा प्लेटफर्म भनेको अनलाईन बिजनेस लाई देख्दछु । किनत भनदा जस्मा न त कुनै समय परिस्थितीको निश्चित दायरा नै छ , न त अफिस जस्तै चिटिक्क पर्नलाई कुनै पोशाकको जरुरतनै पर्दछ  सन्तुष्टि समय स्वतन्त्रता र आफु खुशि मालिक भएर काम गर्न पाउंदाको छुद्दै आनंद "बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड" तयस्ता अनलाईन सम्बन्धि सिपहरु सिकन चाहनेहरका लागी हामिसंग विभिन्न प्याकेजहरु उपलबध छन जानकारिको लागि जोडिन सक्नुहुन्छ !

अनि सिकाउन को लागि पनि हामि तयार छौ हामि संग सम्पर्कमा रहनु होस् दुनिया भरको सामाजिक संजाल छन् त्यसमा कनेक्ट हुनुहोस काम सिक्नको लागि तपाइँ हरु कुनै अफिस तथा इन्स्टिच्युट मा धाउनु पनि परेन मात्र तपाइँ संग ल्यापटप र इन्टरनेट कनेक्सन हुनु पर्यो  तपाइँ आफ्नै घरमा बसेर आराम संग सिक्न र काम गरि आम्दानि गर्न सक्नु हुन्छ ।
त्यसैले ठुलो सानो लगाएर  अनि आफ्नै देश आफ्नै घर परिवार संग बसेर आर्थिक आम्दानि पनि गर्ने तर्फ अग्रसर हुन अभि प्रेरित गर्दछु । क्रमशः

 For contact :- aartithapa60@gmail.com

No comments:

Post a Comment