Monday, May 11, 2020

  डिजिटल मार्केटिंङ

            कुनै पनि कम्पनीको ब्राण्डलाई अथवा बिजनेसलाई विभिन्न सामाजिक संजालको माध्यमबाट विज्ञापन गरेर , प्रमोसन गरेर धेरै भन्दा धरै कस्टुमार सम्म पुर्याउने काम नै डिजिटल मार्केटिंङ हो । अझै यो भन्दा सरल भाषामा भन्ने हो भने तपाइले गरिरहनु भएको व्यापार,बिजनेसलाई नया मोड दिनु नै डिजिटल मार्केटिंग हो । डिजिटल मार्केटिंङमा तपाइले अनलाइनमा बसेर आफ्नो बिजनेस मज्जाले गर्नु सक्नु हुन्छ। जहा तपाइले आफ्नो मार्केट गर्ने सिस्टम परिबर्तन गरि अरु मार्केतारले भन्दा अलिक फरक तरिकाले आफ्नो बिजनेस गर्न सक्नु हुन्छ। यो मार्केटिंङ सिस्टममा डोर टु डोर गरि मार्केटिंग गर्नु पर्दैन । अहीले बिश्वोमा जति पनि बिभिन्न कम्पनिहरुले आफ्नो मार्केटिंङ गरि रहेका छन् सबैले डिजिटल मार्केटिंङ कै मध्यम बाट गरि रहेका छन् ।जस्तै अलिबाबा, एमजोन लगाएत अन्य बिभिन्न मोबाइल कम्पनि,गाडी कम्पनि। यति मात्र नभएर अचेल त स्कुल(कलेजहरु पनि अनलाइन कै मध्यम बाटै आफ्नो सेवाहरु दिन सुरु गरि सकेको छ । यि कम्पनिहरुले किन डिजिटल मार्केटिंङको प्रयोग गर्छन भन्दा एक त काम गर्न सजिलो हुने भएर।

           अर्को कुरा यसरि अनलाइनको माध्यमबाट मार्केटिंङ गर्दा एकै चोटिमा धेरै भन्दा धेरै मानिसहरुको भिडमा पुग्न सकिन्छ ।बर्तमन युगमा डिजिटल  मार्केटिंङ यति धेरै पावर फूल हुदै गैरहेको छ कि मिडिया चलाउनु हुने मनुभाबहरु पनि डिजिटल वाय मा आइसक्नु भएको छ। यसकारण डिजिटल मार्केटिंङ अहिलेको युगको एउटा मार्केटिंङ खम्बा नै हो भन्दा पनि फरक पर्दैन ।

       डिजिटल मार्केटिंङ का फाइदाहरु

१० आफ्नो व्यापार बिजनेस लाई नया मोड दिन
२० थोरै जनशक्तिमा धेरै काम गर्न
३० छोटो समयमै धरै कस्टूमरलाई सेवा दिन
४० कम लगानी बाट नै सुरु गर्न मिल्ने
५० नया (नया प्रबिधि संग घुलमिल हुन

        अन्तामा एउटा कुरा के स्पस्ट पर्छु भन्दा डिजिटल मार्केटिंङले 
नै तपाइलाई आम्दानी गर दिने होइन यो  एउटा मध्यम मात्र हो सफल हुनका लागि सोयम तपाइँ आफै ले नै काडा मेहेनत गर्नु पर्छ। अनलाइनमा पैसा त छ तर यसको सहि ठाउमा सदुपगोग गर्न सक्नु 
पर्यो । यदि यसलाई सहि ठाउमा सहि तरिकाले सदुपयोग गर्न सकियो भने अवस्य पनि आफ्नो व्यापार बिजनेसमा सफल हुन सहयोग पुर्याउछ । मेरो मनसाय भनेको सके सम्म बेरोजगार युबा हरु खाली नहोस भन्ने हो । हुन त मैले यो मनसाय राख्नु मेरो कमजोरी पनि हुन सक्छ ।

No comments:

Post a Comment