Monday, May 25, 2020

आजको शिक्षा "बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड"

           

             आज आएर यत्रतत्र सर्वञ नेपाल अधिराज्य भरि युवा वर्गको जमातमा एउटै साझा सवाल बेरोजगारी । उचित शिक्षा दिक्षाको बावजुद पनि आफ्नै जन्मभुमिलाई कर्मथलो बनाउन नपाई बिदेशिनुको पिडा र आर्जित शिक्षाको कदर नभई अरुको अधिनमा काम गर्नुपर्दा कस्को मन नपिरोलिएला र यसअर्थमा सम्बन्धित सबै व्यक्तिमा एउटै प्रकारको जिवनशैलिको नाम दिनखोजेको पक्कै होईन । तर सोच्नैपर्ने र आफुले मनन गर्नुपर्ने कुरा म यहां धेरै नै देख्दछु । आखिर जिवन कतिन्जेल प्रम्परागत ढंगबाट जिउने त हाम्रो शिक्षा दिक्षामा के कुनैकिसिमको सिर्जनात्मक क्रिया वा प्रभावकारिता छैन हामिमा चेतना छैन के हामि उक्त शिक्षालाई सिर्जनात्मक तरिकाले अप्नाएर अगाडि बढ्न सक्देनौ र ? के हामिले आफ्नो जिवनशैलिलाई दरिलो पार्न बिदेशिनु पर्ने वा मुग्लान नै झर्नुृपर्ने प्रथा अंगाल्न जरुरी छ ? आजको युग टेक्नोलोजी संग सम्बन्धित आधुनिक चिज बस्तुहरुले जगमग भयको समय हो जस्ले हामिलाई पनि केहि सिर्जनात्मक तौरतरिकालाई अप्नाएर अगाडि बढ्न प्रेरित गर्दछ र स्वदेशि भुमिमै रहेर आफ्नै परिवारहरुसंगै हांसिखुसि आफ्नो स्वाभिमानलाई यथावत राख्दै जहिले जुनसुकै समयमा नि परिश्रम गरि जिवन निर्वाह गर्न समयानुकुल वातावरण बनाई दिएको छ । 


हरेक चिजको दुई पाटा हुन्छ । एउटा सकारात्मक एउटा नकारात्मक जस्तोकिः मान्छे जन्मलिन्छ खुशिको कुरा र्दुभाग्य मृत्यु उसंग संगै आएको हुन्छ । तसर्थ हामिले यसरि बुझ्न जरुरी छ कि कुनैपनि विपन्नता संगसंगै अवसर पनि जोडिएर आएको हुन्छ हामिले त्यसलाई चिन्न जरुरी छ र चिनेर त्यस्को सहि सदुपयोग गरी अघाडि बढ्न जरुरी देखिन्छ । किनकि आज आएर बेरोजगारको समस्या हाम्रो देशमा मात्र नभएर प्रायः विश्वभरी नै यस्को समस्या यत्रतत्र मडारिरहेको हुनसकछ । कसैलाई आफ्नो योग्यतानुसारको काम नमिलेको होला त कसैलाई श्रम अनुसारको पारिश्रमिक समस्या व्यक्तिपिच्छे आफ्नै ठाउंमा छ । सन्सारमा अपवाद १।२ प्रतिशत मात्र त्यस्ता व्यक्ति होलान जो आफ्नो श्रम ओहदा र त्यसअनुसारको पारिश्रमिकबाट आत्म सन्तुष्ट भई जिवन यापन गरिरहेका तर यस्ता कतिपय ब्यक्ति होलान जो समय संगै सम्झौता गर्दै आफुमा भएको उकुसमुकुस लाई हृदयमा दबाउदै आफ्नो दैनिकीमा खुशि खुशि सहभागि भै अगाडि बढन बाध्य हुन्छन, र कतिपय त्यस परिस्थिती संगनी हातेमालो गर्न बाट बञचित भैरहेका हुन्छन । ति हातमा गण्य ब्यक्तिहरुझै खुशि र सन्तुष्टि हामिपनि पाउन सक्छौ तर त्यो हामि गर्न चाहदैनौ । किनत अरुले के भन्ला ? पुरानै मनस्थिती बाट बाहिरिन नसक्नु समस्या भनेकै यहि हो । 

भनिन्छनि जिन्दगिका हरेक ढोका बन्द भयपनि भगवानले एउटा न एउटा ढोका खोल्दिराका हुन्छनरे आवश्यकता यतिमात्र हुन्छकि त्यस्लाई आंट गरेर ढकढकाएर अघि बढ्न सक्नुपर्छ नाकि कोई आउला र मेरो लागी ढोका खोलिदेला भनेर पर्खेर समय खेर फाली बस्नु । 

हामिसबैमा एउटा महत्तवकांक्षा हुने गर्दछ विदेशिनु र छोटो यात्रामा अथाह सम्पति आर्जन गरि भाविजीवन सुखमय बनाउनु । त्यसतै सोंचहरु मनमा राखि अघाडि बढ्दा आफ्नै भर दैलोमा भएको काम देख्देनौ र बिदेशि मरुभुमिमा पछारिन पुग्छौ र अर्काको अधिनमा काम गर्न बाध्य हुन्छौ । 

यस्ता कथा ब्यथा समस्याहरुलाई सरसरति नियाल्दा समस्या तयति जटिल होईन तर हामि स्वयंम द्धारा जटिल बनाईयको महसुस गर्दछु । कसरि त भन्दा देरै बोल्दिन सिधा तथ्यमा आउछु । रोजगारको लागी युवा गृहिणि देखि सिर्जनशिल ब्यक्तित्वका धनि ब्यिक्तिहरुका लागि आजको जल्दो बल्दो क्षेत्र वा प्लेटफर्म भनेको अनलाईन बिजनेस लाई देख्दछु । किनत भनदा जस्मा न त कुनै समय परिस्थितीको निश्चित दायरा नै छ , न त अफिस जस्तै चिटिक्क पर्नलाई कुनै पोशाकको जरुरतनै पर्दछ  सन्तुष्टि समय स्वतन्त्रता र आफु खुशि मालिक भएर काम गर्न पाउंदाको छुद्दै आनंद "बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिंड" तयस्ता अनलाईन सम्बन्धि सिपहरु सिकन चाहनेहरका लागी हामिसंग विभिन्न प्याकेजहरु उपलबध छन जानकारिको लागि जोडिन सक्नुहुन्छ !

अनि सिकाउन को लागि पनि हामि तयार छौ हामि संग सम्पर्कमा रहनु होस् दुनिया भरको सामाजिक संजाल छन् त्यसमा कनेक्ट हुनुहोस काम सिक्नको लागि तपाइँ हरु कुनै अफिस तथा इन्स्टिच्युट मा धाउनु पनि परेन मात्र तपाइँ संग ल्यापटप र इन्टरनेट कनेक्सन हुनु पर्यो  तपाइँ आफ्नै घरमा बसेर आराम संग सिक्न र काम गरि आम्दानि गर्न सक्नु हुन्छ ।
त्यसैले ठुलो सानो लगाएर  अनि आफ्नै देश आफ्नै घर परिवार संग बसेर आर्थिक आम्दानि पनि गर्ने तर्फ अग्रसर हुन अभि प्रेरित गर्दछु । क्रमशः

 For contact :- aartithapa60@gmail.com

Thursday, May 21, 2020

सञ्चार प्रविधि

        
   

     
          समय परिर्वतनशिल छ, परिर्वतन समयको माग हो र समय सापेक्ष हरेकचिज बदलिंदै वा परिवर्तन भएर जान्छ चाहे त्यो कुनैपनि जिवको जिवन व्रिmया होस या विकासको अर्को पाटो । समय सापेक्ष हामिले आफुलाई पनि परिर्वतन गर्नसक्नुपर्छ र एउटा सकारात्मक परिवर्ततन सफलताको अर्को कडि हो ।


 तसर्थ एउटा नयां आविष्कार समयसंगै पुरानो भएर जान्छ र अर्को नयां आविष्कारको अभाव वा आपुर्तिको महसुस हुन थाल्छ र त्यसले नौलो सिर्जनाको आगमनको आभाष दिईरहेको हुन्छ । त्यसैगरि हरेक व्यक्तिमा भिन्नाभिन्नै सिप, ज्ञान वा अनुभव हुनेगर्दछ । एउटाको अनुभव अर्कोलाई नौलो लाग्नसकछ भने कसैलाई पुरानो ,आजको यो आईरन यजमा पुरानो प्रविधिलाई लाई पन्छयाउदै नयां प्रविधिले अत्यधिक स्थान ओगटन सफल भएको छ, त्यसमध्ये डिजिटल मार्केटिंग पनि एक हो । यो शब्द कतिपयलाई नौलो हुनसक्दछ भने कतिपयलाई यो बर्दान साबित भएको छ यसबारेमा सानो जानकारि यहां साम :- 

डिजिटल मार्केटिंग भनेको सञ्चारको एउटा यस्तो प्रबल माध्यम हो जस्ले एउटा व्यक्तिबाट अर्को जो जससंग सम्बन्धित रहेका वा हरेक तह तप्काका व्यक्तिसामु जानकारि प्रदान गर्न पुलको काम गर्दछ । त्यसलाई सामान्य भाषमा डिजिटल मार्केटिङग भनिन्छ । यस्को प्रयोग विगतका दिनहरुमा बढि खर्चालु जस्ते रेडियो,टेलिभिजन , पत्र पत्रिका ,पम्पलेट, होरिङग बोर्ड, सिनेमाघर लगाएतका विभिन्न माध्यमहरु हुने गर्दथ्यो भने आज आएर यो एउटा सजिलै जानकारि प्राप्त गर्न सकिने कम खर्चालु र जुनसुकै ठाउंमा बसेर कुनैपनि परिस्थितीमा एउटा सानो भुभागमा रहि आफ्नो सेवा सुविधा दिन सक्ने भएकोले यो धेरै लोकप्रिय र हरेकको ढुकढुकि बन्न सफल भएको छ भन्दा अनर्थ नलाग्ला डिजिटल मार्केटिङ्गमा हरेक कम्पनीको समानहरु बिक्रीवितरण गर्न सकिन्छ । तर यस्मा विचार पुर्याउनु पर्ने कुरा के भने रुवर्तमान समयमा बजारमा कुन कम्पनीको समानको कति माग भैरहेको छ त्यो बुझ्नु अत्यधिक जरुरी रहेको हुन्छ । हरेक व्यक्तिको आफ्रनै तर्क परिभाषा होला तर हामीले डिजिटल मार्केटिङ्गमा बिक्री गर्ने प्रोडक्स भने सामान्यतयास् दुई भागमा विभाजन गरिएको छ जस्तै स् (डिजिटल प्रोडक्स र फिजिकल प्रोडक्स । डिजिटल प्रोडक्समा सामान्यतयाः हेर्न सकिने,सुन्न मिल्ने तर छुन नमिल्ने समानहरुलाई लिइन्छ भने फिजिकलमा यसको ठिक बिपरित हुन्छ। जसलाई हामी छुन,हेर्न,सुन्न पनि सकछौ। जस्तैः मोबाइल कम्प्युटर सफ्टवेयर,भिडियो अडियो बुक, सि प्लस प्लस जाबा, फोटोसप एम।एस एक्सेल एसेक्टरा डिजिटल प्रोडक्स अन्तर्गत पर्छ भने मोबाइल फोन ,लुगाफाटो ,मोटर वाइक , टेलिभिजन, विमान आदि फिजिकाल प्रोडक्स अनर्तगत पर्दछ। यी समानहरुलाई नै हामीहरुले डिजिटल मार्केटिङ्गको माध्यमद्धारा सेल्स गरने प्रक्रिया हो डिजिटल मार्केटिंग तर कहां रु कसरि क्रमशः 











Tuesday, May 19, 2020

समयको महत्तव बुझौं नयां प्रविधि अंगालौ





                                                                                             रुपैंया पैसा सम्पति भन्ने कुरा मानविय आवश्यकता पुरा गर्ने आधारभुत तत्व हो र जो विनिमयको माध्यम बनेको छ । एक आपसमा आवश्यक चिज वस्तु अदल बदल गर्न र लामो समय सम्म स्टोर गरेर राख्न कठिन परिस्थितिको महसुस हुंदा पुर्वजहरुको दुरदर्शिताले रुपैया पैसा लाई विनिमयको सजिलो भरपर्दो माध्यम बनायर दैनिक भैपरि आउने समस्या सरल र सुलभ भयको अनुभव हामि सबैले गरेका छौं । हामिले दैनिक जनजिवनमा आर्थिकस्थिती सुदृढ गर्न मेहनत र समय लाई विनिमयमा रुपान्तरण गर्न सक्नुपर्दछ अन्यथा दैनिक क्रियाकलाप कठिन परिस्थितमिा रुपान्तरण नहोला भन्न सकिन्न । तसर्थ रुपैया पैसा समय परिस्थितीको माग हो हामिले यसको सञ्चय आर्जन गर्नुपर्दछ तर कसरि ?

उखान नै छ नि छिमेकिलाई माछा दिईरहनु भन्दा माछा मार्न सिकाईदिनु पुण्य हो । त्यसैले आज समय परिस्थिती विगतका दिन जस्तो रहेन, विज्ञानले धेरै तर्क गरिसकेको छ । पहिले पहिले शिक्षा आर्जन गर्न गुरुकुल वा घरभन्दा बाहिर गएर रुखमसनि बसेर ज्ञान आर्जन गर्नुपथ्र्यो तर आज समय र परिस्थितीले कोल्टो फेरेको छ । टेक्नोलोजिले स्थान ओगटेको छ र हामिलेपनि यस्को महत्तवलाई बुझेर हातेमालो गर्दै डिजिटल टेक्निक लाई अप्नाएर अघाडि बढ्न सक्नुपर्दछ । सपना देखेर मात्र हुदैन त्यसलाई पुरा गर्नसक्ने आंटको पनि उत्तिकै खांचो पदृछ ।

अहिले को परिप्रेक्ष मा हेर्ने हो भने सबै भन्दा द्रुत गतिले  विकास को क्रम मा गइरहेको आत्म निर्भरताको स्रोत भनेको टेक्नोलोजी नै हो र अब को यस जेनेरेसन मा विश्वमा टप टेन भित्र पर्ने काम भनेको पनि डिजिटल मार्केटिंग एंड टेक्नोलोजी हो यो मेरो मनको कुरा हैन समय र परिस्थितीअनुसन्धान ले यसै भन्छ। त्यसैले तपाइको भबिस्यलाइ सुनिस्चित गर्ने जिम्मेबारी अब हाम्रो आफ्नै सोंच र हातमा छ। यसको लागि तपाइँहरुले धेरै सोच्नु पर्ने आवस्यकता म देख्दििन  किनकि गोरेटो बाटो हाम्रा अग्रज वा गुरु द्धारा दिशा निर्देशनको रपरेखा कोरिउको छ मात्र तपाइँ हरुको साथ सपोर्ट चाहियो ताकि त्यसलाई फराकिलो बनाएर हामि सबै हातेमालो गर्दै राम्रो संग दौडिन सकौं तर त्यसको लागि मन मष्तिस्क लगाएर मेहनत गर्नु अति नै जरुरी छ र यसैमा हाम्रो भविष्य लुकेको छ। सबैलाई डिजिटल मार्केटिंग तथा अनलाइन बिजनेस भनेको के होला कसरि गर्ने होला भन्ने ज्ञान नहुन पनि सक्छ ततसर्थ आत्तिहाल्नुपर्ने अवस्था चांहि कदापि छैन यसको लागि सबै ब्यबस्था हामीले गरेको छौं मात्र तपाइको भित्रि मन देखि मैले सक्छु अनि गर्छु भन्ने आत्मबल र उच्च मनोभावना राखि अघाडि बढ्नुपर्यो। बाकि कुरा क्रमसः
aartithapa60@gmail.com
9804647024

Monday, May 11, 2020

  डिजिटल मार्केटिंङ

            कुनै पनि कम्पनीको ब्राण्डलाई अथवा बिजनेसलाई विभिन्न सामाजिक संजालको माध्यमबाट विज्ञापन गरेर , प्रमोसन गरेर धेरै भन्दा धरै कस्टुमार सम्म पुर्याउने काम नै डिजिटल मार्केटिंङ हो । अझै यो भन्दा सरल भाषामा भन्ने हो भने तपाइले गरिरहनु भएको व्यापार,बिजनेसलाई नया मोड दिनु नै डिजिटल मार्केटिंग हो । डिजिटल मार्केटिंङमा तपाइले अनलाइनमा बसेर आफ्नो बिजनेस मज्जाले गर्नु सक्नु हुन्छ। जहा तपाइले आफ्नो मार्केट गर्ने सिस्टम परिबर्तन गरि अरु मार्केतारले भन्दा अलिक फरक तरिकाले आफ्नो बिजनेस गर्न सक्नु हुन्छ। यो मार्केटिंङ सिस्टममा डोर टु डोर गरि मार्केटिंग गर्नु पर्दैन । अहीले बिश्वोमा जति पनि बिभिन्न कम्पनिहरुले आफ्नो मार्केटिंङ गरि रहेका छन् सबैले डिजिटल मार्केटिंङ कै मध्यम बाट गरि रहेका छन् ।जस्तै अलिबाबा, एमजोन लगाएत अन्य बिभिन्न मोबाइल कम्पनि,गाडी कम्पनि। यति मात्र नभएर अचेल त स्कुल(कलेजहरु पनि अनलाइन कै मध्यम बाटै आफ्नो सेवाहरु दिन सुरु गरि सकेको छ । यि कम्पनिहरुले किन डिजिटल मार्केटिंङको प्रयोग गर्छन भन्दा एक त काम गर्न सजिलो हुने भएर।

           अर्को कुरा यसरि अनलाइनको माध्यमबाट मार्केटिंङ गर्दा एकै चोटिमा धेरै भन्दा धेरै मानिसहरुको भिडमा पुग्न सकिन्छ ।बर्तमन युगमा डिजिटल  मार्केटिंङ यति धेरै पावर फूल हुदै गैरहेको छ कि मिडिया चलाउनु हुने मनुभाबहरु पनि डिजिटल वाय मा आइसक्नु भएको छ। यसकारण डिजिटल मार्केटिंङ अहिलेको युगको एउटा मार्केटिंङ खम्बा नै हो भन्दा पनि फरक पर्दैन ।

       डिजिटल मार्केटिंङ का फाइदाहरु

१० आफ्नो व्यापार बिजनेस लाई नया मोड दिन
२० थोरै जनशक्तिमा धेरै काम गर्न
३० छोटो समयमै धरै कस्टूमरलाई सेवा दिन
४० कम लगानी बाट नै सुरु गर्न मिल्ने
५० नया (नया प्रबिधि संग घुलमिल हुन

        अन्तामा एउटा कुरा के स्पस्ट पर्छु भन्दा डिजिटल मार्केटिंङले 
नै तपाइलाई आम्दानी गर दिने होइन यो  एउटा मध्यम मात्र हो सफल हुनका लागि सोयम तपाइँ आफै ले नै काडा मेहेनत गर्नु पर्छ। अनलाइनमा पैसा त छ तर यसको सहि ठाउमा सदुपगोग गर्न सक्नु 
पर्यो । यदि यसलाई सहि ठाउमा सहि तरिकाले सदुपयोग गर्न सकियो भने अवस्य पनि आफ्नो व्यापार बिजनेसमा सफल हुन सहयोग पुर्याउछ । मेरो मनसाय भनेको सके सम्म बेरोजगार युबा हरु खाली नहोस भन्ने हो । हुन त मैले यो मनसाय राख्नु मेरो कमजोरी पनि हुन सक्छ ।

Sunday, May 10, 2020

diyosewa tech: Starting my blog

diyosewa tech: Starting my blog: नमस्ते आजबाट मैले ब्लग लेख्न  शुरु गरेको छु । ब्लगमा मेरो पहिलो अनुभव रहेको छ । मलाई त्यति धेरै जानकारि त छैन तरपनि यहांहरुको माझमा केहि आफ्...

Starting my blog

नमस्ते आजबाट मैले ब्लग लेख्न शुरु गरेको छु । ब्लगमा मेरो पहिलो अनुभव रहेको छ । मलाई त्यति धेरै जानकारि त छैन तरपनि यहांहरुको माझमा केहि आफ्ना अनुभुतिहरु साट्ने जमर्को गरेको छु ।

यहांहरुले मांया गर्नुहुनेछ भन्ने अपेक्षा छ । र साथै तपाईहरुको सल्लाह सुझावको पनि अपेक्षा गर्दछु । विशेष गरि यो ब्लगमा म ईन्टरनेट संग समबन्धित अवसरको बारेमा कुरा गर्नेछु । 

कृपया ब्लग पढ्दै गर्नुहोला है त ।